Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र माओवादी केन्द्रमा प्रवेश

एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र माओवादी केन्द्रमा प्रवेश

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं। सत्तारूढ नेकपा एमालेको केन्द्रीय परिषद् सदस्य बैतडी कुवाकोट निवासी दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् ।

जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ले दीपेन्द्र कुँवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077