Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित दुई मिनेटमै स्थगित भएको छ ।

आज पनि भूमि सम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न साढे १० बजे बैठक राखिएको थियो ।  तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित हुन पुगेको छ ।

नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भएका थिए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी निस्किए ।

मन्त्री निस्किएपछि समितिको औपचारिक बैठक सुरु भयो । समिति सभापति कुशुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको र आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने भनिएको स्मरण गरिन । थप अध्ययनपछि अर्को बैठक बस्ने बताइन् ।समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते बस्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर असन्तुष्टि जनाएका थिए । यही बेला लगातार बैठक स्थगित भएको हुंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077