Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए : राम कार्की

सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए : राम कार्की

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले राजनीतिक दलहरू निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताएका छन् ।

उनले अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको जिकिर गरे ।

कार्कीले भने- 'मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ। अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरूले ०८४ पनि हेरिरहेका छन् ।'

उनले थपे-'जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०-१५-२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरू हुने गरेका छन् । जनताको असन्तोष, चाहना, आकांक्षाहरू परिलक्षित हुने गरेका छन् । त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ ।'

सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रुपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुपमा हेरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077