Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खनाल भन्छन् - १९ जनाले त तर्साइ राखेका छौं, ०८४ मा के होला ?

खनाल भन्छन् - १९ जनाले त तर्साइ राखेका छौं, ०८४ मा के होला ?

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ०८४ मा रास्वपाले १९० सिट ल्याउने बताएका छन्।

शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ-काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद खनालले भने- 'हाम्रो १९ जना देखेर डराएका होइनन्, हामी १९ जनाले पनि तर्साइ त राखेका छौं तर उहाँहरूको मना के ढ्याँग्रो पिट्न थाल्यो भने, १९ को सट्टा १९० आउने भए यिनीहरू१९ को सट्टा अब ८४ मा १९० हुने भए । १९ ले त यस्तो धौ–धौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?'

उनले थपे- 'संख्याको हिसावले हामी जम्मा २१ जना सांसद हो,’ त्यसमाथि रविजीलाई निलम्बित गरिदिएका छन् । एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना  १९ जनामाथि यति गाली बर्सिन्छ ।'

१९ जना सांसदहरूले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको सांसद खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077