Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुटिनसँगको भेटपछि ट्रम्पले भने - आशा छ लाखौं मानिसहरूको जीवन बचाउन सकिनेछ

पुटिनसँगको भेटपछि ट्रम्पले भने - आशा छ लाखौं मानिसहरूको जीवन बचाउन सकिनेछ

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बैठक अत्यन्तै सफल भएको बताएका छन् ।

पुटिनसँग भेटपछि पहिलोपटक ट्रुथ सोसलमा पोस्ट गर्दै उनले लेखेका छन्–‘अलास्कामा एक सानदार र अत्यन्त सफल दिन १ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठक धेरै राम्रो रह्यो, साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटो महासचिवसहितका धेरै युरोपेली नेतासँग रात ढिला भएको फोन कल पनि धेरै राम्रो रह्यो।’

पुटिनसँगको भेटपछि ट्रम्पले युद्धविराम सम्झौताको सट्टा शान्ति सम्झौतामा जोड दिएका छन्। उनले लेखेका छन्–‘सबैले रूस र युक्रेनबीचको भयानक युद्ध समाप्त गर्ने सबैभन्दा उत्तम तरीका सिधै शान्ति सम्झौतामा पुग्नु हो भनेर निर्णय गरे, जसबाट युद्ध पूर्णरूपमा समाप्त हुनेछ। केवल युद्धविराम सम्झौताहरू प्रायः लामो समय टिक्दैनन्।’

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सोमबार अमेरिकामा आउने जानकारी दिँदै भनेका छन्–‘यदि सबै कुरा ठीक रह्यो भने, हामी राष्ट्रपति पुटिनसँग एक बैठक गर्नेछौं। आशा छ लाखौं मानिसहरूको जीवन बचाउन सकिनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077