Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

१ सय २६ दिन भैरहवा बसेका रविले भित्तामा लेखे – अब कृष्ण जन्मंदैनन्

१ सय २६ दिन भैरहवा बसेका रविले भित्तामा लेखे – अब कृष्ण जन्मंदैनन्

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । १ सय २६ दिन भैरहवा कारागार बसेर ललितपुरको नख्खु कारागारमा सरुवा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू बसेको भित्तामा अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ भनेर लेखेर हिंडेको बताएका छन् ।

उनले आफू बसेको कोठाको भित्तामा त्यस्तो लेखेर आएको पार्टीका नेताहरुलाई जानकारी गराएका हुन् । भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका झाले बताएका हुन् ।

वाग्ले र झा रविलाई भेट्न कारागारमै पुगेको भए पनि भेट्न नपाएको पनि उनले बताएका छन् ।

उनलाई नख्खु स्थानान्तरण गर्ने खबर पाएपछि शनिबार पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा भैरहवा पुगेका थिए। तर, कारागार प्रशासनले भेट्न नदिएको प्रवक्ता मनिष झाले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्–‘आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगेँ। जानकारी पाएँ कि पार्टी सभापति ज्यूलाई काठमाडौं उपत्यक स्थित नख्खु कारागार स्थानान्तर गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सक्याएँ। हतारिएर, अनिश्चितताको सास फेर्दैप्रहरी प्रशासनलाई आग्रह गरेँ। एकछिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो ।’

तर, गौतमबुद्ध विमानस्थलमा भने केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको प्रवक्ता झाले बताएका छन् ।

लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने–‘म बसेको कारागारको कोठाको भित्तामा मैले ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’
भनेर लेखेर आएको छु । राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077