Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मंगल ग्रह लगे पनि डराउँदिनँ : रवि लामिछाने

मंगल ग्रह लगे पनि डराउँदिनँ : रवि लामिछाने

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा जहाँसुकै लगे पनि नडराउने बताएका छन्।

शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुने क्रममा उनले आफूविरुद्ध राज्य संयन्त्र प्रयोग गरेर प्रतिशोध साधिएको बतउँदै मंगलग्रह लगे पनि नडराउने दृढता व्यक्त गरे।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, भैरहवा विमानस्थलमा भएको छोटो भेटमा लामिछानेले उच्च मनोबलका साथ उक्त कुरा बताएका हुन्।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै जानकारी दिए। ‘जसरी सक्छन्, जता सक्छन् लग्न देऊ, केही फरक पर्दैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077