Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपनिर्वाचनकै कारण रवि लामिछानेलाई नख्खु कारागार सारिएको दीपक बोहराको दाबी

उपनिर्वाचनकै कारण रवि लामिछानेलाई नख्खु कारागार सारिएको दीपक बोहराको दाबी

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य दीपक बोहोराले उपनिर्वाचनका कारण सरकारले रवि लामिछानेलाई नख्खु कारागार सारेको दाबी गरेका छन् ।

शनिबार नख्खु कारागार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, “सरकार डरायो, भैरहवामा राखे चुनाव जित्छ भन्ने भयो, त्यसैले उपनिर्वाचनकै कारण अहिले सारिएको हो ।”

उनले सर्वोच्चको आदेश जेठ १७ गते नै आइसकेको भए पनि त्यतिबेला कार्यान्वयन नगरी उपनिर्वाचन नजिकिँदा मात्र सारिएको प्रश्न उठाए ।

“जतिबेला हामीले नै भनेका थियौँ— सुरक्षित ठाउँमा राख्नुपर्छ—त्यतिबेला सुन्ने काम भएन। मानव अधिकार आयोगले नै किन भन्नुपर्‍यो त  ?” बोहोराले प्रश्न गरे।

रविलाई जुनसुकै कारागारमा राखे पनि सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077