काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१४ अंकले घटेको छ ।
गतको बिहीबार झिनो अंकले बढेको नेप्से आज ०.९७ प्रतिशतले घटेर २७६१.२२ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम भने बढेको छ । सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो ।
५८ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
आरबीबी म्युचुअल फन्ड को इकाइ मूल्य ७.९३ प्रतिशतले बढेको छ । यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य ११.०३ रुपैयाँ कायम छ । सुपर स्यांगे हाइड्रोपावर लिमिटेको सेयर मूल्य ६.२९ प्रतिशतले बढेको छ ।
सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतशतले घटेको छ । ट्रेड टावरको सेयर मूल्य ५.८८ प्रतिशतले घटेको छ ।
व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे ।
कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको नेप्सेले जनाएको छ ।