काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को युवा सङ्गठनमा सञ्जीव राईको संयोजकत्वमा पनि महाधिवेशन आयोजनाका लागि समानान्तर कमिटी गठन भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै झलनाथ खनाल पक्षले आइतबार सञ्जीव राईको नेतृत्वमा २२१ सदस्यीय समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो ।
आयोजक कमिटीको उपाध्यक्षमा झलनाथ खनालका छोरा निर्भिक खनाललाई दोस्रो नम्बरमा राखिएको छ र आयोजक कमिटी कोशीको इन्चार्ज बनाइएको छ । समानान्तर कमिटी घोषणा लगत्तै सम्मानित नेता झलनाथ खनालले बधाई दिए ।
नेपाल पक्ष भने रोशन थापा नेतृत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेर तयारीमा लागेको छ । सो पक्षलाई आइतबारमात्रै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ गराएका थिए ।