Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तरूण दलले सार्वजनिक गर्यो पाँचौं महाधिवेशन कार्यतालिका

तरूण दलले सार्वजनिक गर्यो पाँचौं महाधिवेशन कार्यतालिका

सोमवार , भाद्र २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीका तर्फबाट गठित निर्देशक समितिले नै महाधिवेशन गराउने गरी म्याद थप गरेर विघटनबाट जोगिएको तरुण दलले कार्यतालिका जिल्ला-जिल्लामा पठाएको हो ।

गएको चैत मसान्तभित्र महाधिवेशन नगरे स्वतः विघटन हुने गरी गत वर्ष भदौमा कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गरिएको थियो । कांग्रेसले पछि केन्द्रीय समितिबाटै उक्त निर्णय उल्टाएको थियो ।

केन्द्रीय समितिबाट निर्णय उल्टाइएपछि तरुण दलको सिफारिसमा निर्देशक समितिले पार्टीसमक्ष कार्यतालिका प्रस्तुत गरेको थियो । उक्त कार्यातालिका पदाधिकारीबाट स्वीकार भएपछि जिल्ला-जिल्लामा पठाएर अधिवेशनको प्रक्रिया अघि बढाउन परिपत्र गरिएको छ ।

तरुण दलको नयाँ कार्यतालिका
१. २०८२ भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने।

२. २०८२ साल भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने।

३. २०८२ साल कार्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने।

४. २०८२ साल कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने।

५. २०८२ साल मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने।

६.नेपाल तरूण दलको गौरवमय पाँचौं महाधिवेशन २०८२ साल मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077