Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले गर्यो युक्रेनमाथि ड्रोन आक्रमण, पाँचको मृत्यु, ६ जना घाइते

रुसले गर्यो युक्रेनमाथि ड्रोन आक्रमण, पाँचको मृत्यु, ६ जना घाइते

सोमवार , भाद्र २, २०८२

एजेन्सी । रुसले युक्रेनका विभिन्न सहरहरूमा ड्रोन आक्रमण गरेको छ।

बीबीसीका अनुसार एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा ४ जनाको मृत्यु भएको बताएका छन्। भवनको एक भाग भत्किएको छ र धेरै मानिस भग्नावशेषमा फसेको आशंका छ।

उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।

रुसले युक्रेनका २५ विभिन्न स्थानमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्डले रुस-युक्रेन सम्झौताका विषयमा गत शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरेका थिए ।

आज ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077