Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

८४ को चुनावमा एकल बहुमत ल्याउछौँ : सभापति देउवा

८४ को चुनावमा एकल बहुमत ल्याउछौँ : सभापति देउवा

सोमवार , भाद्र २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८४ को चुनावमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने भाष्य लाई चिर्दै क्रियाशील हुन निर्देशन दिएका हुन् ।

उनले भने- 'पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी चुनावमा बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।'

उनले मुलुकको सबैभन्दा ठुलो दल कांग्रेस नै रहेको र आगामी दिनमा पनि सबै मिलेर कांग्रेसलाई नै बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077