Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रूपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता

रूपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता

सोमवार , भाद्र २, २०८२

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति २६ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।

निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २७ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रित पूरा भएका २६ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि उपनिर्वाचनका निम्ति निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077