एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता “न्यानो र सकारात्मक” भएको प्रतिक्रिया दिएका छन् ।
गएराति ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले वार्ता सहज र उपयोगी भएको प्रतिक्रिया दिएका हुन् ।
जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो वार्ता भयो, वार्ता राम्रो र सामान्य ढंगले सम्पन्न भयो।”
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर रुस–युक्रेन युद्ध अन्त्यका लागि कदम चाल्ने बताएका थिए। त्यसकै सिलसिलामा ट्रम्पले युरोपेली नेतासँगै जेलेन्स्कीसँग भेटवार्ता गरेका हुन् ।
ट्रम्पको यो पहललाई युरोपेली नेताहरूले पनि सकारात्मक रूपमा लिएका छन् ।