एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार भएका छन् ।
ह्वाईट हाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच ४० मिनेट टेलीफोन कुराकानी भएको बताइएको छ ।
बैठकपछि जेलिन्स्कीले पत्रकार सम्मेलन गर्दै युरोपेली सहयोग मार्फत ९० अर्ब डलर बराबरका अमेरिकी हतियार खरिद गर्ने र आफ्नै ड्रोन उत्पादन गर्ने योजना सार्वजनिक गरे ।