Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस र एमालेका सांसदलाई सिंहदरबार बोलाइयो

कांग्रेस र एमालेका सांसदलाई सिंहदरबार बोलाइयो

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसदहरूलाई आज सिंहदरबारमा बोलाइएको छ ।

नेपाली कांग्रेसका सांसदलाई १० देखि दुई बजेभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

यस्तै नेकपा एमालेका सांसदलाई पनि साढे १० बजे सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो ।

दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बताएका छन् । उनीहरूलाई हस्ताक्षरको लागि बोलाइएको बुझिएको छ ।

उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

गत वर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077