Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुख राना अमेरिका भएका बेला उनलाई हटाउन एमाले–कांग्रेसका सांसदहरु हस्ताक्षरमा ब्यस्त

उपसभामुख राना अमेरिका भएका बेला उनलाई हटाउन एमाले–कांग्रेसका सांसदहरु हस्ताक्षरमा ब्यस्त

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा राना यतिबेला अमेरिका भ्रमणमा छिन् ।

उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । उनी अझै १० दिनपछि मात्रै नेपाल फर्कने कार्यक्रम छ ।

व्यक्तिगत भ्रमणमा अमेरिका गएका बेला यहाँ भने उनलाई हटाउन सत्ता हाँकिरहेको दल नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरुले हस्ताक्षर नै संकलन गरिसकेका छन् ।

एमाले र नेपाली कांग्रेसले उपसभामुख रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।

सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले–कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।

बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका बताइएको छ । हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्ने बुझिएको छ ।

रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077