Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं : एकीकृत समाजवादी

उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं : एकीकृत समाजवादी

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रियामा सहभागी नहुने बताएको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रियामा सहभागी नहुने र त्यसविरुद्ध उभिने र्निणय गरेको हो।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि मात्रै प्रतिक्रिया दिने बताए। कुँवरले भने- 'उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं।'

कांग्रेस र एमालेले भने उपसभामुखलाई हटाउन धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन् ।

उपसभामुख इन्दिरा राना यतिबेला अमेरिका भ्रमणमा छिन् ।

उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

गत वर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए।

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था बताइएको छ । यो धाराअनुसार प्रस्ताव पारित गरेर २ तिहाइले हटाउन सक्छ । यो भनेको २७२ सदस्यीय प्रतिनिधिसभामा १८४ मत आवश्यक पर्छ । तर अहिले सरकारसँग त्यति मत छैन । सरकारसँग कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७ र लोसपाका ४ सांसद पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077