Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टप एन्ड टी–२० सिरिज : नेपालले हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

टप एन्ड टी–२० सिरिज : नेपालले हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले होबर्ट हुरिकेन्ससामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आज पाल्मस्र्टोन टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८० रन बनायो।

नेपालका आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । उनले २६ बलमा तीन चौका प्रहार गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले क्रमशः २९ र २७ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५.३ ओभरमा ४९ रनको साझेदारी गरेका थिए ।

भीम सार्कीले १८ रन जोडे । लोकेश बमले २५ रनको योगदान दिए । उनले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले नौ र कुशल मल्लले ६ रन बनाए ।

होबर्ट हुरिकेन्सका नभभेथान राथाकृष्णन र जेब बेलले दुईरदुई विकेट लिए । मार्कुस बेन, राफ म्याकमिलन र ब्राड्ली होपले समान एक विकेट लिए ।

प्रतियोगितामा आज नेपाल पहिलो जितको खोजीमा छ । प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ ।

आफ्नो तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077