Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुखलाई हटाउने जमर्को भइरहेको छ, यो बेठिक हुन्छ : माओवादी केन्द्र

उपसभामुखलाई हटाउने जमर्को भइरहेको छ, यो बेठिक हुन्छ : माओवादी केन्द्र

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया थालेको आपत्ति जनाएको छ ।

आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने तयारीस्वरूप हस्ताक्षर संकलन अभियान थालेको भन्दै आपत्ति जनाएको हो ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने- 'यसअघि पनि महाभियोग लगाउने तयारी गरेका थिए। अहिले हस्ताक्षर संकलन अभियान नै चलाएछन् । सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।'

उनले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको कार्यविभाजन, यही भदौ १५ गतेदेखि सुरु गर्न लागिएको मध्यपहाडी लोकमार्ग अभियानलगायत विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077