Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजामा युद्धविराम गर्न हमास सहमत, ५० बन्धक रिहा गर्ने

गाजामा युद्धविराम गर्न हमास सहमत, ५० बन्धक रिहा गर्ने

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बन्धकको रिहाइका निम्ति मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको बीबीसीले जनाएको छ।

इजिप्ट र कतारको यो प्रस्ताव गएको जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको ढाँचामा आधारित रहेको जनाइएको छ ।

यो योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागु गरिनेछ । त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ । यीमध्ये २० जना जीवित रहेका विश्वास गरिएको छ ।

त्यसपछि स्थायी युद्धविरामका निम्ति वार्ता अगाडि बढाइनेछ । यद्यपि यस विषयमा इजरायलबाट अझै प्रतिक्रिया आएको छैन।

गत हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै बन्धकलाई एकैचोटि रिहा गरियो भने मात्र देशले कुनै सम्झौता स्वीकार गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077