Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका डीएसपी सुब्बालाई ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ !

सशस्त्रका डीएसपी सुब्बालाई ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ !

मंगलवार , भाद्र ३, २०८२

वीरगन्ज । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बा ‘बेस्ट इन्टिग्रिटी अवार्ड’बाट सम्मानित भएका छन् ।

कर्तव्यपालनका क्रममा निधन भएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) स्व. सुमन थपलियाको स्मृतिमा वीरगन्ज उद्योग वाणिज्य संघले स्थापना गरेको पुरस्कार सुब्बालाई प्रदान गरिएको हो ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सुब्बालाई पुरस्कार प्रदान गरे । स्व. थपलियाको स्मृतिमा वीरगन्ज उद्योग वाणिज्य संघले दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ।

सो कोषबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष उत्कृष्ट कार्य गर्ने एक सशस्त्र प्रहरीलाई २५ हजार रुपैयाँसहितको ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको छ । डीएसपी सुब्बा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जमा कार्यरत तत्कालीन कमान्डर हुन् ।

गुल्म कमान्डरका रूपमा कार्यरत रहँदा सुब्बाले अवैध चोरी–निकासी, पैठारी नियन्त्रण र राजस्व संकलनमा उल्लेखनीय योगदान पु¥याएको आधारमा यस वर्षको अवार्डका लागि छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077