एजेन्सी । फिनल्याण्डका एक राजनीतिज्ञको राजधानी हेलसिंकीस्थित देशको मुख्य संसद् भवनमा मृत्यु भएको छ ।
३० वर्षीया सांसद एमिली पेल्टोनेनको संसद्मै निधन भएको हो ।
सामाजिक लोकतान्त्रिक पार्टीका सांसद पेल्टोनेनले संसद् भवनमै आत्महत्या गरेको विश्वास गरिन्छ र उनी मंगलबार बिहान फेला परेको बीबीसीले जनाएको छ ।
पेल्टोनेनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए ।
पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान थालेको छ ।