एजेन्सी। अफगानिस्तानमा बसमा ट्रक र मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुने
मध्येमा १७ जना बालबालिका र धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू रहेका बीबीसीले जनाएको छ।
तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।
बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् ।
हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउदैं थियो । पछिल्ला केही महिनायता द्वन्द्वका कारण भागेर आएका अफगानी नागरिकलाई इरानले आफ्नो देशबाट निकाल्ने
प्रक्रिया अघि बढाएको छ । सन् १९७० को दशकदेखि लाखौँ अफगानी नागरिक इरान र पाकिस्तान भागेका थिए ।