Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अग्नि–५ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण

अग्नि–५ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण

बिहिवार , भाद्र ५, २०८२

एजेन्सी । भारतले आफ्नो अग्नि–५ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ ।

बुधबार ओडिशाको तटमा रहेको चण्डीपुरस्थित लक्षित परीक्षण गरिएको हो । यो क्षेप्यास्त्र परीक्षणले देशको रणनीतिक रक्षा क्षमतालाई बढाएको दाबी छ ।

अधिकारीहरूले रणनीतिक बल कमाण्डको तत्वावधानमा गरिएको यस प्रक्षेपणमा क्षेप्यास्त्रको सबै सञ्चालन र प्राविधिक प्यारामिटर पुष्टि गरिएको बताए।

अग्नि–५ भारतको रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित गरिएको लामो दूरीको, आणविक–सक्षम ब्यालिस्टिक मिसाइल हो ।

यो अग्नि शृङ्खलाको सबैभन्दा उन्नत क्षेप्यास्त्र हो । यसले भारतको जमिनमा आधारित आणविक निवारक क्षमता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077