Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । सरकारी कोषको दुरूपयोग गरेको आरोपमा श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन्।

क्रिमिनल इन्भेस्टिगेशन डिपार्टमेन्ट (सिआइडी)ले शुक्रबार उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

उनीमाथि राष्ट्रपति हुँदा निजी भ्रमणका लागि राज्यको कोष दुरूपयोग गरेको आरोप छ।

७६ वर्षीय उनी सन् २०२३ मा बेलायतको इंग्ल्यान्डमा गएका थिए। उनी उल्भरह्याम्प्टन युनिभर्सिटीमा आफ्नी श्रीमती प्रोफेसर मैथ्री विक्रमासिंघेको दीक्षान्तमा जाँदा सरकारी कोषको दूरूपयोग गरेको आरोप लागेको छ।

पक्राउ गर्नुअघि प्रहरीले पूर्वराष्ट्रपति विक्रमासिंघेका कर्मचारीसँग भ्रमण खर्चबारे सोधपुछ गरेको थियो।

विक्रमासिंघे सन् २०२२ जुलाइमा राष्ट्रपति बनेका थिए। गोटबाया राजापाक्षले सत्ता छाडेपछि उनी राष्ट्रपति बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077