काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीज हालै विकास भएको साझेदारीले कुनै पनि तेस्रो पक्षलाई असर नगर्ने दावी गरेका छन् ।
भारत भ्रमणपछि सिधै पाकिस्तान पुगेका वाङले पाकिस्तानी समकक्षी इसहाक दारसँग बिहीबार इस्लामावादमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
पाकिस्तानी अखबार डनका अनुसार भारतसँग चीनको सम्बन्धबारे सोधिएको प्रश्नमा वाङले दुई देशबीचको साझेदारीले कुनै पनि तेस्रो पक्षलाई असर नगर्ने दावी गरेका हुन् ।
[insert page='363238' display='yopanipadhnuhos.php']
नेपाललाई बेवास्ता गर्दै भारत र चीनबीले लिपुलेक नाकाबाट व्यापार सुरु गर्ने सहमति भएपछि नेपालमा भने त्यसको चौतर्फी विरोध भइरहेको छ। नेपालका राजनीतिक दल र नेताहरुले त्यसको विरोध गर्दै सरकारसँग जवाफ माग गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयले त्यसप्रति असन्तुष्ट जनाउँदै नेपालको अडान सार्वजनिक गरेपछि भारतीय विदेश मन्त्रालयले तत्कालै प्रतिवादमा वक्तव्य जारी गरे पनि चिनियाँ पक्षबाट कुनै ठोस र औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
नेपाली भूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको पछिल्लो सहमति भएको बिषयमा परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको छ।
[insert page='363284' display='yopanipadhnuhos.php']
परराष्ट्र मन्त्रालयका प्रबक्ता लोकबहादुर पौडेल क्षेत्रीले जारी गरेको प्रेस नोटमा भनिएको छ–‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।’
नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको पनि परराष्ट्रले स्पष्ट पारेको छ।
[insert page='363300' display='yopanipadhnuhos.php']
‘उक्त क्षेत्र नेपाली भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ’ परराष्ट्रले भनेको छ–‘नेपाल र भारतबीच रहीआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धिसम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ।’
[insert page='363406' display='yopanipadhnuhos.php']
नेपाली भूमी लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
१. नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।
२. नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ।
३. नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ ।