Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमा अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन संसदबाट पारित

भारतमा अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन संसदबाट पारित

शुक्रवार , भाद्र ६, २०८२

एजेन्सी । भारतको संसदले अनलाइन जुवामाथि पूर्ण प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।

बिहीबार साँझ पारित ‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ अनुसार अब देशभर अनलाइन जुवा खेल्ने, प्रचार गर्ने वा लगानी गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्छ ।

सरकारी तथ्यांकअनुसार करिब ४५ करोड भारतीयले अनलाइन जुवामा संलग्न भई प्रत्येक वर्ष २.३ अर्ब अमेरिकी डलर बराबरको रकम गुमाउँदै आएका छन्। सरकारका अनुसार यसले आर्थिक बर्बादी, मानसिक लत, आत्महत्या र सामाजिक संकटसम्म निम्त्याइरहेको छ।

नयाँ कानुनले तास, पोकरलगायत पैसा खेलिने अनलाइन प्लेटफर्मलाई पूर्णतया निषेध गरेको छ। तर, ई–स्पोर्ट्स, शैक्षिक तथा सामाजिक डिजिटल खेललाई भने छुट दिइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कदमले “समाजलाई जुवाका नकारात्मक असरबाट जोगाउँदै ई–स्पोर्ट्स र सिर्जनात्मक खेललाई प्रवद्र्धन गर्ने” बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077