Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमा निर्माणाधीन पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

चीनमा निर्माणाधीन पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

शनिवार , भाद्र ७, २०८२

एजेन्सी । चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

यो दुर्घटनामा ४ जना बेपत्ता भएका छन्। शुक्रबार साँझ करिब ६ बजे यलो नदीमाथि निर्माण भइरहेको १०८ मिटर लामो स्टिल केबल भाँचिएर खसेको अनुमान गरिएको छ।

दुर्घटनापछि ८०६ जना उद्धारकर्मी, ९१ वटा सवारी साधन, २७ डुङ्गा, एक हेलिकोप्टर र पाँचवटा रोबोटको सहयोगमा ठूलो उद्धार कार्य चलाइएको थियो ।

दुर्घटनाको बेला करिब १६ जना कामदार पुलमा कार्यरत थिए। यो पुल निर्माण सम्पन्न भएमा यलो नदीमाथि चीनको पहिलो स्टिल ट्रस आर्च रेल पुल बन्ने थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077