एजेन्सी । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।
कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले सघन उपचार कक्षमा भर्ना गरिएको जानकारी दिएका हुन् ।
विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।
जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेलाई भेट्न पुगेका विपक्षी सांसदहरूले विक्रमासिङ्घेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।