एजेन्सी । उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरियाली राज्य सञ्चालित मिडियाका अनुसार देशका नेता किम जोङ उनको उपस्थितिमा दुई नयाँ हवाई प्रतिरक्षा क्षेप्यास्त्र परीक्षण गरिएको हो ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार ती हतियारमा उत्तम लडाइँ क्षमता रहेको र विशेष प्रविधि प्रयोग भएको छ । शनिबार सम्पन्न गरिएको परीक्षणले ती दुई प्रकारका क्षेप्यास्त्रका प्रविधिक विशेषता विभिन्न हवाई लक्ष्य ड्रोन र क्रूज मिसाइलसमेत नष्ट गर्न उपयुक्त भएको प्रमाणित गरेको केसीएनएले जनाएको छ ।
यो परीक्षण दक्षिण कोरियाले मंगलबार असैन्यीकृत क्षेत्र पार गरेर आएको उत्तर कोरियाली सैनिकमाथि चेतावनी स्वरूप गोली प्रहार गरेको केही घण्टापछि भएको हो ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका सोमबारदेखि सो क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् ।