Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अर्थ मन्त्रालयले निकासा गर्‍यो उखु किसानको ७५ करोड ४९ लाख अनुदान रकम

अर्थ मन्त्रालयले निकासा गर्‍यो उखु किसानको ७५ करोड ४९ लाख अनुदान रकम

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । सरकारले उखु किसानलाई अनुदानबापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो ।

निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर यो रकम प्राप्त हुन नसक्दा उखु किसानले आइतबारदेखि केन्द्रित आन्दोलन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077