Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

माओवादी कार्यालय पेरिसडाँडामा शिक्षक महासङ्घको धर्ना

माओवादी कार्यालय पेरिसडाँडामा शिक्षक महासङ्घको धर्ना

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभएको भन्दै दबाब दिने उद्देश्यले आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।

आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

नेपाल शिक्षक महासंघले भाद्र ११ गते बुधवारबाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ

त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहिबार एमाले मुख्यालय च्यासलमा धर्ना दिएका थिए ।

महासङ्घले आफूहरूका सबै माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई अझै चर्काउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077