Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन्।

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् ।

शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् ।

जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077