Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल आइडल सिजन–६ को विजेता बनिन् गंगा सोनाम

नेपाल आइडल सिजन–६ को विजेता बनिन् गंगा सोनाम

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । गंगा सोनाम नेपाल आइडल सिजन–६ की विजेता बनेकी छन्।

आइतबार राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा पाँच उत्कृष्ट प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष स्थान हासिल गरेकी हुन्।

विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरे। नेपाल आइडलको उपाधि जित्दै गंगाले नेपाली सांगीतिक यात्रामा नयाँ पहिचान स्थापित गरेको बताइएको छ।

प्रतियोगितामा बबिता थापा मगर पहिलो रनरअप तथा दर्शना गन्धारी दोस्रो रनरअप बने।

नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको फिनालेमा निर्णायक र दर्शक दुवैको भोटका आधारमा गंगाले जित सुनिश्चित गरेकी हुन्। उनका प्रस्तुतीले संगीतप्रेमी र निर्णायक सबैलाई प्रभावित तुल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077