Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको सदस्यमा अञ्जान शाक्य मनोनीत

संसदीय सुनुवाइ समितिको सदस्यमा अञ्जान शाक्य मनोनीत

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्य मनोनित भएकी छिन्। राष्ट्रिय सभा बैठकले सहमति जनाएपछि उनी समितिको सदस्य बनेकी हुन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए।

राष्ट्रिय सभाबाट समितिमा शाक्यसँगै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा छन्।

समितिमा प्रतिनिधिसभाबाट नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका जीवन परियार, माओवादी केन्द्रका जनार्दन शर्मा र रास्वपाका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरालगायत छन् । समितिमा १५ सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077