Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रुपन्देही क्षेत्र नं. ३ उपनिर्वाचन- जनमतबाट धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय

रुपन्देही क्षेत्र नं. ३ उपनिर्वाचन- जनमतबाट धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय

मंगलवार , भाद्र १७, २०८२

बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रुपन्देही सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए।

केही समयअघि उनी नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए। रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077