Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

निजामती विधेयक विधायन समितिबाट पारित

निजामती विधेयक विधायन समितिबाट पारित

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन व्यवस्थापन समितिबाट पास भएको छ । आज बजेदेखि

बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।

सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।

समितिले पास गरेको विधेयक समितिकी सभापति तुलासाकुमारी दाहालले आजकै राष्ट्रियसभा बैठकमा विधेयको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077