Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा विश्व बैंक र मनत्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

वृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा शहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदि स्वच्छता लगायतका विषयमा छलफल भएको छ ।

भेटमा उपाध्यक्ष जोहानेस जुटले मनत्रालयले दुई स्थानमा केन्द्रीत भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए ।

विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदी तथा वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यो भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास उनको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077