Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको असक्षमता र अकर्मण्यता : प्रचण्ड

किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको असक्षमता र अकर्मण्यता : प्रचण्ड

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उखु किसानलाई तोकिएको रकम समयमै भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै किसानका जायज मागमा पार्टीको तर्फबाट निरन्तर ऐक्यबद्धता रहने स्पष्ट पारेका हुन् ।

प्रचण्डले भनेका छन्, “राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु। किसानका जायज मागहरूमा हाम्रो पार्टीको तर्फबाट सधैं ऐक्यबद्धता रहनेछ।”

उनले आफ्नो नेतृत्वमा गठन भएको सरकारले उखु किसानलाई दिने घोषणा गरेको अनुदान अहिलेको सरकारले कटौती गरेकोप्रति कडा आपत्ति जनाए ।

“उखु किसानलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान समेत घटाउने निर्णय गरेको सरकारले दूध किसानलाई समेत रकम समयमै दिन सकेको छैन,” प्रचण्डले भनेका छन् ।

उनका अनुसार किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था वर्तमान सरकारको “असक्षमता र अकर्मण्यता” को प्रमाण हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077