Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता भएको छ । मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो ।

भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहोर्‍याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गरेका थिए।

प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077