काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्।
प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म सरकारी, संवैधानिक, कूटनीतिक र अन्य नियुक्ति लिन नपाउने बताइन् ।
उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएपछि प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।