Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'प्रहरी हुँ' भन्दै कोठामा पसेर खानतलासी : मोबाइल लुटपाट, दुईजना पक्राउ

'प्रहरी हुँ' भन्दै कोठामा पसेर खानतलासी : मोबाइल लुटपाट, दुईजना पक्राउ

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । प्रहरीले राजधानीमा प्रहरीको नाममा ठगी तथा लुटपाट गर्ने दुई युवालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपास क्षेत्रमा भदौ १६ गते साँझ ५ बजेतिर कोठामा पसेर खानतलासी गर्ने बहानामा मोबाइल लुट्ने क्रममा उनीहरू नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामध्ये कैलाली बडी बर्दगोरिया गाउँपालिका–२ घर भई हाल काठमाडौं बानियाटार बस्ने २९ वर्षीय हेमराज ढुङ्गाना र कैलाली जोशीपुर गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने ३१ वर्षीय विनोद केसी रहेका छन् ।

उनीहरूको साथबाट ओप्पो, सामसुङ, रेडमी, रियलमी र भिभो कम्पनीका गरी पाँच थान मोबाइल प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंको आदेशमा पाँच दिनको म्याद थप गरी हाल बालाजु प्रहरी वृत्तमार्फत थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077