Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भोलानाथ थापालाई उपरथीको दर्ज्यानी प्रदान

भोलानाथ थापालाई उपरथीको दर्ज्यानी प्रदान

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायकरथी भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आज जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

यस्तै प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथीमा बढुवा भएका छन्। पहाडीलाई पनि आजै प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा बलाधिकृत र बलाध्यक्ष रथीसहित सैनिक अधिकृतहरु सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077