Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ऐन महरकी श्रीमतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर

ऐन महरकी श्रीमतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । एमाले नेता ऐन महरकी श्रीमती सनुजा श्रेष्ठविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यसअघि नेता महरविरुद्ध सोमबार मुद्दा दायर गरिएको थियो । महर दम्पत्ति मिलेर एक युवतीको फेसबुकमार्फत चरित्रहत्या गरेको आरोपमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा मुद्दा दायर भएको हो ।

सनुजाको बयानमा भनिएको छ,‘मेरो परिवारका सदस्यलाई समेत ब्लाकमेल गरी आपराधिक लाभ लिई केही रकम समेत लिनुखानु गरेको हुँदा मैले निजविरुद्ध आपराधिक लाभ सम्बन्धि कसूरमा मेरो श्रीमान ऐन महर भन्ने ऐनबहादुर महरले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी दिई उक्त जाहेरी उपर अनुसन्धान भई जाहेरवाला उपर काठमाडौं जिल्ला अदालतमा आपराधिक लाभ मुद्दाको अभियोग दर्ता भई मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।’

ती युवतीले महरविरुद्ध बलात्कारको जाहेरी समेत दिएकी छिन् । जसमा प्रहरीले अनुसन्धान गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077