Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपाका नेता भण्डारीमाथि कुटपिट, गाडी तोडफोड !

रास्वपाका नेता भण्डारीमाथि कुटपिट, गाडी तोडफोड !

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको छ । उनीमाथि बुधबार राति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।

मोटरसाइकलमा आएका तीन जनाले आक्रमण गरेको बताइएको छ । आक्रमणकारीमध्ये एक जनाले रडले टाउकोमा प्रहार गर्दा भण्डारीको टाउकोमा गहिरो चोट लागेको छ भने अर्कोले खुट्टामा प्रहार गरेको थियो ।

घटनापछि उनलाई तत्कालै चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ।

आक्रमणका क्रममा भण्डारीको गाडीमा समेत तोडफोड गरिएको छ। आक्रमणकारीहरू भने फरार रहेका छन् र को हुन् भन्ने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077