Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राति अनावश्यक आवाज नगर्न प्रहरीको आग्रह, ३ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने

राति अनावश्यक आवाज नगर्न प्रहरीको आग्रह, ३ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाल प्रहरीले काठमाडौ उपत्यकामा शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो।

ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने प्रहरीको भनाइ छ।

प्रहरीले अनुरोध गर्दै भनेको छ- 'प्रतिकूल असर पर्न जाने भएको हुँदा घर, परिवार र छिमेकीहरूको हितका लागि भन्दै प्रहरीले पालना गर्नुपर्ने नियम समेत उल्लेख गरेको छ। ‘राति अनावश्यक आवाज नगरौँ। फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, मेसेजमै संवाद गरौँ।'

त्यस्तै अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, राती ढोकाको बेल नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न समेत भनिएको छ।

प्रहरीका अनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

त्यस किसिमका गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा १०० वा १०३ मा फोन गर्न सकिने बताइएको छ।

541959584_780654494900897_6448489641815614796_n

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077