Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निर्विकल्प र नि:शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य : आईजीपी खापुङ

निर्विकल्प र नि:शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य : आईजीपी खापुङ

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । ३२औँ नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सके जतिको राम्रो गर्ने बताएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उनले यस्तो बताएका हुन् ।

खापुङले भने- 'सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु । निर्विकल्प र नि:शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो ।'

तेह्रथुमबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने बताए ।

प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077