Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हाम्रो पात्रोका सञ्चालक पाण्डे साइबर ब्यूरोको छानविनमा

हाम्रो पात्रोका सञ्चालक पाण्डे साइबर ब्यूरोको छानविनमा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । लोकप्रिय मोबाइल एप हाम्रो पात्रो तथा आइटी कम्पनी डियरवाकका सञ्चालक रुद्र पाण्डेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। ब्यूरोले पाण्डेलाई छलफलका लागि बोलाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपालका विभिन्न आइटी कलेजको विषयमा भ्रम फैलाएको भन्दै उनीविरुद्ध उजुरी परेको हो । नेपालमा विदेशी विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले ठगी गर्दै आएको भनेर पाण्डेले प्रचार गर्दै आएका छन् । पाण्डे आफैं पनि आइटी कलेजका समेत सञ्चालक हुन् ।

ब्रिटिश कलेज र कलेजहरुको संगठनले पाण्डेविरुद्ध उजुरी गरेको साइबर ब्यूरोका एक अधिकारीले बताए । प्रहरीले पाण्डेको खोजी गर्दा उनी अमेरिका रहेको खुलेपछि उनका सहयोगीलाई बोलाएको छ ।

साथै, पाण्डेको दोहोरो नागरिकता र पासपोर्ट प्रयोगको विषयमा पनि उजुरी परेको स्रोत बताउँछ । उनको अमेरिका र नेपालको पासपोर्ट रहेको भनेर उजुरी परेको छ । पाण्डेले केही समयअघि हाम्रो नेपाल पार्टी समेत खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077